About Us

संस्थाको परिकल्पना (Vision):

समतामूलक सशक्त र आत्म निर्भर समाजको स्थापना

To establish an equitable, empowered, and self-reliant society.

संस्थाको ध्येय(Mission):

जन-वकालत र सशक्तिकरणको माध्यमबाट लक्षित समुदायको सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य  साथै सेवा तथा स्रोत माथिको पहुँचमा अभिवृद्धि गरी आत्म निर्भर समाजको स्थापनामा सहयोग पुर्याउने ।

To support the establishment of a self-reliant society by increasing targeted communities’ access to social, economic, educational, and health services, as well as essential services and resources, through advocacy and empowerment initiatives.

लक्ष्य (Goal):

संस्थाले स्थानीय स्रोत र साधनको अधिकतम परिचालन, संस्थागत विकास, क्षमता अभिवृद्धि, वातावरण तथा स्थानीय भाषा र संस्कृतिको संरक्षण संवर्द्धन गरी लक्षित समुदायको सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य अवस्थामा सुधार भएको हुनेछ ।

To improve the social, economic, educational, and health conditions of targeted communities through effective mobilization of local resources, institutional strengthening, capacity building, and the protection and promotion of the environment and local languages and cultures.

२. संस्थाको उद्धेश्यहरु(Objectives)

•जातजातिको भाषा, धर्म र संस्कृतीको संरक्षण र संबर्द्धन गर्न औपचारीक तथा अनौपचारीक शिक्षा कार्यक्रमहरु संचालन गर्ने । (Protect and promote ethnic languages, religions, and cultures through formal and non-formal education programs.)

•सञ्चारको माध्यमबाट मातृभाषाका विभिन्न कार्यक्रमहरु सञ्चालन गरी प्रचार प्रसार गर्ने । (Conduct mother-tongue programs via media for awareness and promotion.)

•वन, वातावरण संरक्षणका लागि वैकल्पिक उर्जाका कार्यक्रमहरु सञ्चालन गर्ने । (Implement alternative energy programs to conserve forests and the environment.)

•लक्षित समुदायलाई समुहमा आबद्ध गरी जीवनस्तर सुधारका लागि सशक्तिकरण गर्दै आयआर्जनका क्रियाकलापहरु सञ्चालन गर्ने । (Empower community groups and run income-generating activities to improve livelihoods.)

•सूचना र सञ्चारमा जन समुदायको पहुंचको बृद्धि गर्न सामुदायीक सुचना केन्द्रको स्थापना, पुस्तक तथा पत्र–पत्रिकाहरु, सामुदायिक एफ.एम, टेलिभिजन सञ्चालन गर्ने । (Enhance public access to information through community centers, libraries, FM radio, and television.)