जि.प्र.का. रुकुम द. नं. ६६   |   स.क.प.आ.नं. १५८३०

पुथा उत्तरगंगामा पालिका स्तरीय कृषक संजाल गठन

पुथा उत्तरगंगामा पालिका स्तरीय कृषक संजाल गठन

पुथा उत्तरगंगामा पालिका स्तरीय कृषक संजाल गठन

रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकामा पालिका स्तरीय कृषक संजाल गठन गरिएको छ । ओमप्रसाद कुँवरको अध्यक्षतामा १५ सदस्यीय पालिका स्तरीय कृषक समुहको संजाल गठन गरिएको छ । जसको उपाध्यक्षमा सुर्जलाख बुढा, सचिवमा विनकमार बुढा र कोषाध्यक्षमा विनसरा बुढा रहनुभएको छ ।

गाउँपालिकाको १४ वटै वडाका अगुवा कृषकहरुको उपस्थितीमा कृषक संजाल गठन गरिएको हो । गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाको आयोजनामा र यूनाईटेड मिसन टू नेपाल रुकुम पूर्व क्लष्टर, नेपाल मगर समाज सेवा तथा सुचना केन्द्र (मिक नेपाल) रुकुमकोको आयोजनामा सन्चालित दिगो वातावरण तथा आर्थिक विकास परियोजनाको आर्थिक सहयोगमा पालिका स्तरिय कृषक समिति संजाल गठन गरिएको हो । https://mulukpati.com/headline/6227/?fbclid=IwAR07mZlkzSef0Zy-uSxPBflQ3xHGeN5Q0cxJHQ7VVZBr7c14IoTOyDv2RkI