
मिक नेपाल द्वारा सञ्चालीत कार्यक्रमको संयुक्त अनुगमन
रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका ११ दम्चनमा विभिन्न कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ । युनाइटेड मिसन टु नेपाल (UMN) र मगर समाज सेवा तथा सुचना केन्द्रकाे साझेदारीमा सञ्चालित दिगाे वातावरण तथा आर्थिक विकास (सिड) परियोजनाकाे सयुक्त अनुगमन गिरएकाे हाे । परियोजनामार्फत त्यहाँ कृषक समूह दम्चनले गर्दै आएको पशु पालन तथा करेसावारि तरकारी खेति लगायतमाका उत्पादनको संयुक्त अनुगमन गरिएको हो । (https://mulukpati.com/krishi/3826)