जि.प्र.का. रुकुम द. नं. ६६   |   स.क.प.आ.नं. १५८३०

हाम्रो बारेमा

परिचय
लक्षित कार्यक्षेत्रमा भएको स्थानीय श्रोत र साधनको अधिकतम् परिचालन, संस्थागत विकास, क्षमता अभिवृद्वि, वातावरण संरक्षण, आयआर्जन र बैकल्पिक उर्जामा जोड दिंदै स्थानीय भाषा र संस्कृतिको संरक्षण, सम्बद्र्धन गरी लक्षित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्थामा सकारात्मक सुधार ल्याउने लक्ष्य र उद्देश्यका साथ संस्था दर्ता ऐन २०३४ अनुसार रुकुम जिल्ला प्रशासन कार्यालयमा २०६० साल कार्तिक १९ गते दर्ता भएको हो ।
यस संस्थाले विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सरकारी र गैर सरकारी निकायहरुको सहयोग र समन्वयमा सामाजिक परिचालन, महिला सशक्तिकरण, आयआर्जन, वन तथा वातावरण संरक्षण, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य, साना भौतिक पूर्वाधार र विभिन्न जनजेचतनामूलय कार्यहरु गर्दै आईरहेको छ ।

संस्थाको परिकल्पना
“समतामूलक, सशक्त र आत्मनिर्भर समाजको स्थापना”
Vision : To create an equitable, empowered and self-reliant society.

संस्थाको ध्येय
सशक्तिकरण, जन–वकालत र क्षमता विकासको माध्यमबाट लक्षित समुदायको सामाजिक, आर्थिक र शैक्षिक स्तर वृद्धि गर्न सेवा तथा श्रोत माथिको पहूँच वृद्धि गरी सचेत र आत्मनिर्भर समाजको स्थापनामा सहयोग पुरयाउने ।

संस्थाको लक्ष्य
आगामी २० वर्ष भित्रमा संस्थाले स्थानीय श्रोत र साधनको अधिकतम् परिचालन, संस्थागत विकास, क्षमता अभिवृद्र्विे, वातावरण संरक्षण, आयआर्जन र बैकल्पिक उर्जामा जोड दिंदै स्थानीय भाषा र संस्कृतिको संरक्षण, सम्बद्र्धन गरी लक्षित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्थामा सुधार ल्याउने ।

संस्थाको मुख्य उद्देश्यहरु
१.  खाममगर भाषा र संस्कृतीको संरक्षण र सम्र्बद्धन गर्न औपचारीक शिक्षाका कार्यक्रमहरु संचालन गर्ने ।
२.  स्थानीय मातृभाषाका विभिन्न कार्यक्रमहरु सञ्चालन गरी ग्रामीण सूचना तथा सञ्चारमा पहूँच वृद्धि गर्न सामुदायिक सूचना केन्द्रको स्थापना र व्यवस्थापन गर्ने ।
३. स्थानीय श्रोत साधनलाई उपयोग गरी आधुनिक कृषि प्रणालीको विकास, कृषिजन्य तथा बनमा आधारित आयआर्जनका कार्यक्रमहरु सञ्चालन गर्ने ।
४. वातावरण सरक्षणका ंलागि बन व्यवस्थापन तथा वैकल्पिक उर्जाका कार्यक्रमहरु संचालन गर्ने ।
५. सवै प्रकारका सामाजिक विभेद विरुद्ध वकालत र सचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने ।
६. संस्थाको संस्थागत सुदृढीकरण र क्षमता अभिवृद्धि गर्न संस्थागत नीति नियमहरुको विकास, मानवीय क्षमता विकासका लागि तालिम, गोेष्ठी सञ्चालन गर्ने ।

संस्थाको लक्षित वर्ग 
संस्थाले महिला, दलित, जनजाती, बालबालिका, सिमान्तकृत तथा विपन्न वर्गहरुका लागि कार्य गर्दछ ।

संस्थाको कार्यक्षेत्र
संस्थाको भौगोलिक कार्यक्षेत्र मुख्यतः रुकुम (पश्चिम र पूर्व) भए पनि देशका अन्य ठाउँमा पनि कार्य गर्दछ ।

संस्थाको मूल्य मान्यता
मिक नेपाल निम्न मूल्य मान्यताहरुबाट निर्देशित हुनेछ
१. प्रजातान्त्रिक शासन पद्धती
२. पारदर्शिता
३. सिर्जनात्मक सोच
४. लगनशीलता
५. अपनत्व
६. मितव्ययीता

संस्थाको कार्यगत रणनीति
सम्पर्क र समन्वय
जनसहभागिता
स्थानीय श्रोत र साधनको अधिकतम परिचालन
साझेदारीता
समावेशीकरण
सशक्तिकरण