प्रथम पटक प्रकाशित मिति: २१ सेप्टेम्बर २०२६
नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (MIC Nepal), रुकुम (पूर्व) ले Fair Trade Group Nepal (FTGN), Rural Reconstruction Nepal (RRN) तथा Welthungerhilfe (WHH) को साझेदारीमा तथा जर्मनी सरकारको आर्थिक सहयोगमा सञ्चालित SUSTAIN Project (NPL 1109-24) अन्तर्गत SIFS समूहहरूका लागि कृषि औजार तथा उपकरणहरू खरिद गर्नुपर्ने भएकाले इच्छुक तथा योग्य आपूर्तिकर्ताहरूबाट सिलबन्दी दरभाउपत्र आह्वान गर्दछ।
गतिविधि शीर्षक तथा कोड: 1.1.2.2
इच्छुक तथा योग्य आपूर्तिकर्ताहरूले आवश्यक कागजातसहित यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफ्नो सिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ।
आवश्यक सामग्रीहरूको विवरण
| क्र.सं. | सामग्रीको नाम | विवरण/स्पेसिफिकेशन | एकाइ | परिमाण |
|---|---|---|---|---|
| १ | प्लास्टिक टनेल | ९०–१२० GSM, सिल्पोलिन, ६ मि. × १२ मि. | थान | ६ |
| २ | हाते स्प्रे ट्याङ्की | प्लास्टिक, १६–२० लिटर, म्यानुअल/ब्याकप्याक प्रकार | थान | १२ |
| ३ | हजारी/पानी हाल्ने भाँडो | प्लास्टिक, ५ लिटर, रोज नोजलसहित | थान | १२ |
| ४ | कोको ट्रे | मध्यम आकारको नर्सरी/बिरुवा उत्पादन ट्रे | थान | ३० |
| ५ | हाते स्प्रेयर | २.५ लिटर, हातले सञ्चालन गर्ने, समायोज्य नोजलसहित | थान | १२ |
| ६ | ग्याबियन तार | GI तार, करिब १ मि.मि. | के.जी. | १२ |
| ७ | प्लास | ७ इन्च / १८० मि.मि. | थान | ६ |
| ८ | ग्रे प्लास्टिक डोरी | करिब १.५ के.जी./रोल, ब्रेडेड प्लास्टिक डोरी | नम्बर | १२ |
| ९ | ढुवानी खर्च | विक्रेताको स्थानबाट आठबिसकोट राडिबजार, रुकुम पश्चिमसम्म | पटक | १ |
दरभाउपत्र पेश गर्ने सम्बन्धमा
इच्छुक आपूर्तिकर्ताहरूले आफ्नो दरभाउपत्र:
- MIC Nepal को कार्यालय, सिस्ने गाउँपालिका–०६, रुकुम (पूर्व) मा प्रत्यक्ष रूपमा पेश गर्न सक्नेछन्; वा
- procurement@micnepal.org.np मा इमेलमार्फत पेश गर्न सक्नेछन्।
इमेलमार्फत पेश गर्दा सूचनामा उल्लेख भएबमोजिम पासवर्ड सुरक्षित (Password Protected) गरी वित्तीय प्रस्ताव पठाउनुपर्नेछ।
दरभाउपत्रमा मूल्य, VAT समावेश भए/नभएको तथा कुल रकम स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
पेश गर्नुपर्ने आवश्यक कागजातहरू
इच्छुक आपूर्तिकर्ताहरूले निम्न कागजातहरूको प्रतिलिपि पेश गर्नुपर्नेछ:
१. फर्म/कम्पनी दर्ता प्रमाणपत्र
२. PAN/VAT दर्ता प्रमाणपत्र
३. आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र
महत्वपूर्ण शर्तहरू
- तोकिएको समयसीमापछि प्राप्त हुने दरभाउपत्रहरू स्वीकार गरिने छैन।
- दरभाउपत्रमा VAT समावेश भए/नभएको स्पष्ट उल्लेख गर्नुपर्नेछ।
- आवश्यक स्पेसिफिकेशन तथा शर्तहरू पूरा नगरेका दरभाउपत्रहरू विचार नहुन सक्नेछन्।
- आपूर्तिकर्ताले उल्लेखित सामग्रीहरूको उपलब्धता तथा आवश्यक स्थानमा ढुवानी सुनिश्चित गर्नुपर्नेछ।
- लागू हुने सबै खर्च तथा आवश्यक शुल्कहरू दरभाउपत्रमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
- MIC Nepal ले आफ्नो खरिद प्रक्रिया तथा आवश्यकताअनुसार कुनै पनि दरभाउपत्र स्वीकार वा अस्वीकार गर्ने अधिकार सुरक्षित राख्दछ।
दरभाउपत्र पेश गर्ने अन्तिम मिति
सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र।
इमेल: procurement@micnepal.org.np
Form Download Link:Form and More Information