स्वास्थ्य सामग्री खरिदबारे कोटशन प्रकाशन सम्बन्धी सूचना !!!

नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) सिस्ने गाउँपालिका वडा नं. ६, रुकुम (पूर्वी भाग)  र फेयरमेड फाउण्डेशन नेपालको साझेदारीतामा रुकुम (पूर्वी भाग) जिल्लाका ३ वटै स्थानीय तहमा सञ्चालित सम्बोधन परियोजना अन्तर्गत स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड अङ्क सुधारको लागि आबश्यक पर्ने सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले तपशीलमा उल्लेखित अनुसारका कागजातहरु सहित ईच्छुक सर्जिकल सप्लायर्सहरुले यो सूचना प्रकाशित गरिएको मितिले ७ दिन भित्र गुणस्तरीय दरभाउ सहित कोटशन यस संस्थामा पेश गर्नु हुन यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

सूचनाको अवधीमा अन्तिम दिन सार्बनजिक बिदा पर्न गएमा सो दिनको भोली पल्ट पेश गर्नुपर्ने छ, भने जिल्ला बाहिरका आपूर्तिकर्ताहरुले ईमेल ठेगाना micnepal60@gmail.com मार्फत पेश गर्न सकिने छ । खरिद गरिने सामग्रीहरुको सूची कोटेशन माग फाराममा उल्लेख गरिएको छ ।  कोटेशन दरभाउ पत्र पेश गर्दा यस संस्थाले तयार पारेको कोटेशन फाराम पेश गर्नुपर्ने छ । कोटशन फाराम संस्थाको कार्यालयबाट उपलब्ध गराईनुका साथै संस्थाको वेभसाईट www.micnepal.org.np बाट पनि डाउनलोड गर्न सकिने छ । यो सूचना अवधीमा संस्थाको कार्यालय समय भित्र कार्यालय सँग समन्वय गरी कोटेशन दरभाउ पत्र पेश गर्नु हुन समेत जानकारी गराईन्छ ।

कोटेशन, कोटेशन फारम, for equipment procurement