सिस्नेलाई शिक्षा, समाजलाई सचेतना

मिक नेपाल/सम्बोधन परियोजनाको आयोजना तथा सिस्ने गाउँपालिकासँगको समन्वयमा सिस्ने गाउँपालिका वडा नं. १ र २ अन्तर्गत भट्टेचौर र नायगढमा समुदायमा जरा गाडेका हानिकारक अभ्यासहरू न्यूनीकरण तथा स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरक्षित मातृत्व, लैङ्गिक हिंसा न्यूनीकरण, अपाङ्गता समावेशीकरण तथा बालविवाह अन्त्य सम्बन्धी जनचेतनामूलक सडक नाटक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

      

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला समूह, अभिभावक, युवा तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै मानव एम्बुलेन्स सेवा, सामाजिक सुरक्षा सेवा, अपाङ्गता परिचयपत्र सहजीकरण, पोषण, सरसफाइ तथा सामाजिक उत्तरदायित्व सम्बन्धी विषयहरूमा समेत जानकारीमूलक सहजीकरण गरिएको थियो।

यस कार्यक्रमले समुदायस्तरमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सामाजिक सचेतना अभिवृद्धि, व्यवहार परिवर्तन तथा समावेशी समाज निर्माणतर्फ महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको धारणा रहेको छ।