जयमान बुढामगर
रुकुमपूर्व, मङ्सिर २१ गते । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका र आठबिसकोट नगरपालिकास्थित भूकम्पबाट प्रभावित घरपरिवारलाई राहत सामग्री सहयोग गरिएको छ। नेपाल मगर समाज तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमको सहकार्यमा इनगेज नेपाल र होमनेट नेपालको सहयोगमा भूकम्प पीडित घरपरिवारलाई राहत सामग्री सहयोग गरिएको हो ।