शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना (Request for Quotation – RFQ

नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (MIC Nepal) सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपमा पछाडि परेका समुदायहरूको सशक्तीकरण, समावेशी विकास तथा स्थानीय विकासका दिगो समाधानका लागि कार्यरत एक गैरनाफामूलक संस्था हो। संस्था वि.सं. २०६० साल कार्तिक १९ गते (५ नोभेम्बर २००३) स्थापना भएको हो ।

यस MIC Nepal र  Fairmed Foundation Nepal को साझेदारीमा सञ्चालित सम्बोधन परियोजना अन्तर्गत आवश्यक मेडिकल उपकरण तथा परीक्षण सामग्री आपूर्ति गर्न इच्छुक तथा योग्य आपूर्तिकर्ता/फर्महरूबाट सिलबन्दी दरभाउपत्र आह्वान गरेको छ।

इच्छुक आपूर्तिकर्ता/फर्महरूले सूचनामा उल्लेख गरिएका आवश्यक कागजातसहित आफ्नो वित्तीय प्रस्ताव/दरभाउपत्र तोकिएको समयभित्र पेश गर्नुहुन अनुरोध गरिन्छ।

दरभाउपत्र आह्वान मिति: २०८३/०५/१७ (२ सेप्टेम्बर २०२६)
दरभाउपत्र पेश गर्ने अन्तिम मिति: सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र
पेश गर्ने माध्यम: मिक नेपालको कार्यालयमा प्रत्यक्ष वा procurement@micnepal.org.np मा इमेलमार्फत।

दरभाउपत्र पेश गर्दा फर्म/कम्पनी दर्ता प्रमाणपत्र, PAN/VAT प्रमाणपत्र, पछिल्लो कर चुक्ता प्रमाणपत्र लगायत सूचनामा उल्लेख गरिएका आवश्यक कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। दरभाउपत्रमा उल्लेख गरिएको मूल्य VAT सहित वा VAT बाहेक के हो स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

मेडिकल उपकरण तथा परीक्षण सामग्रीको विस्तृत विवरण, परिमाण, प्राविधिक विशिष्टता, आवश्यक कागजात, शर्त तथा नियमहरू संलग्न दरभाउपत्रसम्बन्धी सूचनामा उल्लेख गरिएको छ। त्यसैले इच्छुक आपूर्तिकर्ताहरूले संलग्न कागजात ध्यानपूर्वक अध्ययन गरी दरभाउपत्र पेश गर्नुहुन अनुरोध गरिन्छ।

विस्तृत जानकारी तथा दरभाउपत्र पेश गर्ने प्रक्रियाका लागि संलग्न सूचना हेर्नुहोस्।

Medical Equipment Quotation notice